ad ad

राजनीति


कलेज र प्रहरीकै मिलेमतोमा हतियार राखेर विद्यार्थीलाई फसाउन खोजियोः प्रकाश चन्द

 कलेज र प्रहरीकै मिलेमतोमा हतियार राखेर विद्यार्थीलाई फसाउन खोजियोः प्रकाश चन्द

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ११:१२,

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले चितवन मेडिकल कलेज र प्रहरीको मिलेमतोमा कलेजभित्र हतियार राखिको दावी गरेका छन्।

 उनले प्रहरी र कलेजको मिलेमतोमा हतियार राखेर फोटो खिचाउने र विद्यार्थीलाई फसाउन खोजेको आरोप समेत लगाएका छन्।

 आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै चन्दले शनिबार प्रहरी कलेजभित्रै छिरेर हतियार राखेको बताए।

शनिबार प्रहरीले चितवन मेडिकल कलेजको होस्टल छेउको ब्याडमिन्टन कोर्टबाट अमेरिकन पेस्तोलसहित म्यागजिन, गोली र खोकाहरू बरामद गरेको बताएको थियो। संयोजक चन्दले त्यो विद्यार्थीलाई फसाउन गरिएको षड्यन्त्र भएको दावी गरेका छन्।

‘आज ८ गते हुन लागेको मेडिकल माफियाविरुद्धको विशाल विरोध¥याली र विरोध सभाको काम मैले साथीहरुको सहयोगमा गरिरहेको थिएँ। सबै काम सकिएपछि होस्टेलबाट साथीहरुले भोलिको कार्यक्रमका लागि छलफलमा बोलाउनु भयो र, म त्यता हिँडेँ। होस्टेल अरुबेलाजस्तो सामान्य थियो र म सिधै बीडीएस हलमा गए। त्यहाँ ब्यानर र पम्प्लेट बनाइरहेका साथीहरुलाई भेटेँ र एकछिन छलफल गरेँ। झण्डै ३५ मिनेट भएको थियो। गार्ड दाइ आउनुभयो र तपाईं र प्रविनलाई प्रहरीले मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो। म साथीहरुसँग गए’, विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ बाक्लो प्रहरी थियो। मलाई साथीहरुले त्यता जान दिनुभएन। म फर्किएँ। मैले एकजना प्रहरीलाई सोधे– के गर्न खोजेको। उनले भने–धेरै सेन्सेटिभ छ। अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ। उनले यसो भनेलगत्तै प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरी टिटी कोर्टतिर गएर त्यहाँ रहेका सादा पोशाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेका थिए। त्यति देशेपछि म खर्को बाटोबाट निस्किएँ। त्यसको केही समयपछि ओस्टेलमा हतियार भेटियो भन्ने समचार बाहिर ल्याइयो।’

उनले प्रशासन र कलेजको षड्यन्त्र थाहा पाएर नै आफू बाहिर निस्केको दावी गरेका छन्।

विज्ञप्तिमा राज्य विद्यार्थीलाई न्याय दिनुको साटो डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणमा लागेको आरोप समेत लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .