ad ad

कला


चलचित्र ‘छ माया छपक्कै’ डिशहोमको च्यानलमा प्रदर्शन हुने

चलचित्र ‘छ माया छपक्कै’ डिशहोमको च्यानलमा प्रदर्शन हुने

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ११:१५,

वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ।

ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने डिशहोमले जनाएको छ।

डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ ।

पे पर भ्यु सुुविधाअन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केही समयपछि न्यूनतम शुल्कमा हेर्न सकिन्छ। हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र छ माया छपक्कै कात्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ ।

व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .