चाडपर्वलाई लक्षित गरी सीजीले ल्याएकाे ‘सीजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किम अन्तर्गत भाग्यशाली तीन जाेडीले थाइल्याण्ड घुम्न जाने अवसर पाएका छन्।
स्किमको दोस्रो चरणको लक्की–ड्र सीजीको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी आफ्नै त्रिपुरेश्वर स्थित सोरुममा सम्पन्न गरेको छ। भाद्र २० गते देखि लागू गरीएको यो योजनामा सीजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो।
मंसिर ६ गते गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कडेल (९८५६०३७२५८), धादिङका छन्द बहादुर शेन (९८०३५४५३२२) र रुपन्देहीका धनपति न्यौपाने (९८४७३०४३०३) गरी ३ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सिमीत अवधिको लागि लागु गरिएको थियो।
प्रतिक्रिया