ad ad

राजनीति


माधव नेपालबारे प्रचण्ड : उहाँ अझै पनि आफूलाई एमाले नै देखेर ठूलो भाग खोज्नुहुन्छ

माधव नेपालबारे प्रचण्ड : उहाँ अझै पनि आफूलाई एमाले नै देखेर ठूलो भाग खोज्नुहुन्छ

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०७९ शुक्रबार १४:१२, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको संकेत गरेका छन्। 

शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन्। 

नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको पनि प्रचण्डले बैठकमा बताए। 

केन्द्रीय कार्यालय बैठकमा सहभागी एकजना नेताका अनुसार प्रचण्डले माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको उल्लेख गरेका थिए। 

'माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छ', प्रचण्डले अगाडि भने, 'नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर  भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।'

अध्यक्ष दाहालले विवाद भए पनि गठबन्धनका पाँचै दलसँग गम्भीरतापूर्वक कुरा गरेर गठबन्धन कायम गरेर जानुपर्ने मत राखेका छन्। 

पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .