ad ad

राजनीति


‘सेनाको मेरुदण्ड भनेकै प्रमुख सुवेदार/सिनियर सुवेदार हुन्’

‘सेनाको मेरुदण्ड भनेकै प्रमुख सुवेदार/सिनियर सुवेदार हुन्’

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १५:३२,

नेपाली सेनाको प्रमुख सुवेदार/सिनियर सुवेदार समन्वयात्मक बैठक सम्पन्न भएको छ। ‘हाम्रो अनुभव, व्यवसायिकता र सदाचार, भविष्यका लागि मजबूत आधार’ को मूल आशयसहित बैठक दुई दिनसम्म चलेको जंगी अड्डाले जनाएको छ।

बैठक समापन समाराेहलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको मेरुदण्ड भनेकै प्रमुख सुवेदार/सिनियर सुवेदार भएको धारणा राखे। उनले माथिल्लो तहका कमाण्डर तथा तल्लो तहका सकलदर्जाबीच महत्त्वपूर्ण पुलको रुपमा कार्य गर्दै आफूलाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगबाट निर्वाह गरी नेपाली सेनाको गौरवमय इतिहासलाई कायम राख्‍न निर्देशन समेत दिएका थिए।

कार्यक्रमको शुभारम्भको क्रममा बिहीबार बलाधिकृत रथी शरद कुमार गिरीले नेपाली सेनामा प्रमुख सुवेदार/सिनियर सुवेदारको भूमिका महत्त्वपूर्ण हुने भन्दै संगठनको पेशागत क्षमता थप विकास गर्ने गरी कार्य गर्न निर्देशन दिएका थिए।

समन्वयात्मक बैठकमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरुले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती लगायतका विषयहरुमा छलफल गरी सुझाव प्रस्तुत गरेका थिए। उक्त बैठकमा नेपाली सेनाका विभिन्‍न युनिट तथा फर्मेशनहरुका २८० जना प्रमुख सुवेदार/सिनियर सुवेदारहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .