ad ad

समाज


घुस लिएको अभियोगमा अदालतका कर्मचारी विरुद्ध मुद्दा

घुस लिएको अभियोगमा अदालतका कर्मचारी विरुद्ध मुद्दा

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १५:१६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी रु ६० हजार घुस माग गरेको आरोप लागेको छ। सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।

त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सव इञ्जिनीयर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले रु एक लाख २० हजार घुस मागेको अभियोग लागेको छ। आयोगले सव इञ्जिनीयर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .