ad ad

समाज


गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते

गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १५:४३,

दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी दुर्घटना हुँदा कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन्।

दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार राजेन्द्रनारायण श्रेष्ठ, कर्मचारी राम ओली, सरिता वली र खड्ग थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

कालिञ्चोक गाउँपालिकाको वा२झ ४३५९ नंको स्कारपियो गाडी सिँगटीबाट चरिकोट आउने क्रममा सुनखानीमा आज दिउँसो दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका श्रेष्ठ, थामी र वलीको चरिकोटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। अन्य दुई जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।दुर्घटना भएको गाडी प्रमुख प्रशासकीय अधिकृत आफैँले चलाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .