समाज


बलात्कारीलाई पक्राउ नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि गाउँलेको धर्ना

बलात्कारीलाई पक्राउ नगरेको भन्दै  जिल्ला प्रहरी कार्यालय अगाडि गाउँलेको धर्ना

शैलेन्द्र महतो
मंसिर ५, २०७६ बिहिबार १२:२०,

बलात्कारीलाई संरक्षण दिएको भन्दै गाउँलेले जिल्ला प्रहरी कर्यालय धनुषा अगाडि धर्ना दिएका छन्।

एक २० वर्षीया युवतीलाई बलात्कार गर्ने पीडकलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै धनुषाको हंसपुर नगरपालिका ४ का स्थानीयहरुले बिहीबार प्रहरी कार्यालय धनुषा अगाडि धर्ना दिएका हुन्।

बलात्कार आरोपी धनुषाको हंशपुर नगरपालिका ४ का वर्षीय प्रविन कापरलाई पक्राउ गरी मुद्दा चलाई कारबाही गर्नुपर्ने माग गर्दै संयौ स्थानीयले प्ले कार्डसहित धर्ना दिँदै प्रदर्शन समेत गरेका छन्।

गत कातिक २९ गते घरमा कोही नभएको मौका छोपी स्थानीय एक २० वर्षीया युवतीलाई युवक कापरले बलात्कार गरेको आरोप छ। घटनापश्चात फरार आरोपीलाई अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै स्थानीयहरु अक्रोसित भएका हुन्। बाध्य भएर आफुहरु जिल्ला प्रहरी कार्यालय आएर धर्ना दिएको स्थानीयहले बताएका छन्।

यता धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले प्रक्रिया पूरा नभएकोले उजुरी दर्ता नभएको प्रतिक्रिया दिए। पहिलो पैसाको बार्गेनिङमा घटना मिलाउ चाहेको र नमिलेपछि उजुरी दिएका आएकाले समस्या भएको डीएसपी कार्कीले बताए।

पीडितकी आमाले उजुरी दिएर गएको तर हस्ताक्षर नै नगरेको र फोन गरी बोलाउँदा आउँनै नमानेकोले उजुरी दर्ता नभएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad