नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।
थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसका अवसरमा राजधानी काठमाडौमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो ÷सकिएन भनेर राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका हुन्। उनले गरिबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकता रहेको बताए।
आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पुरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए। उनले भने, ‘आत्मसमीक्षा गर्नुपर्ने छ। साँच्चै जनताले आशा अपेक्षा गरेबमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त? आत्मचिन्तनको खाँचो छ। आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ।’
पूर्व प्रधानमन्त्री नेपालले जनचाहाना पुरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।
प्रतिक्रिया