कारोबार


साताको सेयर बजारः एक अर्ब ९१ करोडको कारोबार

साताको सेयर बजारः  एक अर्ब ९१ करोडको कारोबार

नेपालखबर
असार ७, २०७६ शनिबार ११:२३,

धितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने सङ्केत ग¥यो। यद्यपी कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर रु एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भए। गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतबार ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा झ¥यो।

कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता सेयर रु ४७ करोड २५ लाख २० हजार ८११ मा खरिद बिक्री भए। यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो। सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुग्यो। कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए। स्टकका अनुसार कूल ११ उपसमूहको कारोबार भएकामा सो दिन तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको सेयर बढ्यो।

मंगलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो। सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुग्यो। घटेको बजारमा कारोबार रकममा पनि गिरावट आयो। कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता सेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोबार भयो। स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये सो दिन तीन उपसमूहको मात्रै सेयरमा वृद्धि भयो।

साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो। परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अंकमा पुग्यो। टकका अनुसार सो दिन १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरिद बिक्री भए।

यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो। सो दिन परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटियो। कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद बिक्री भए।

तीन कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहिबार विभिन्न तीन कम्पनीका सेयर सूचीकृत भएका छन्। मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर सूचीकृत भए।

स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता सेयर लाभांश सूचीकृत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .