ad ad

राजनीति


एमसीसी छिटोभन्दा छिटो संसदबाट अनुमोदन हुन्छ : गगन थापा

जबराविरुद्धको महाअभियोग ढिलो तर सही निर्णय
एमसीसी छिटोभन्दा छिटो संसदबाट अनुमोदन हुन्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७८ सोमबार १६:३२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसी छिटोभन्दा छिटो संसदमा लगेर अनुमोदन गरिने बताएका छन्।

सोमबार काभ्रेको बनेपामा नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। लामो समयदेखि उनी एमसीसीबारे मौन रहँदै आएका थिए। 

'एमसीसीबारे अनावश्यक छलफल भइसकेको छ', उनले भने, 'छिटोभन्दा छिटो संसद्‌मा प्रवेश गराएर अनुमोदन गर्नुपर्छ।'

थापाले फरक प्रसंगमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलै भए पनि सही निर्णय भएको तर्क गरेका छन्। 

न्यायलयको गतिरोध अन्त्यका लागि जबराविरुद्ध महाअभियोग आवश्यक रहेको तर्क उनले गरे। 

‘सर्वोच्च अदालतमा महिनौँदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो। बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्', थापाले भने, 'उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गनको लागि अनुरोध गरेका थियौँ। न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो।’

महाअभियोग पास हुने-नहुनेबारे उनले केही भनेनन्। यसबारे संसद्ले नै निर्णय गर्ने थापाको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .