ad ad

समाज


खातामा रकम नभएको चेक दिएर ठगी गर्ने दुई जना पक्राउ

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
फागुन २, २०७८ सोमबार १६:२२, काठमाडौँ

खातामा पर्याप्त रकम नभएको जानी जानी चेक दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ घर भइ हाल काठमाडौंको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक साविक बाह्रबिसे गाविस– ४ घर भई हाल तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन्। 

उनीहरुले आफ्नो नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ। 

सो मुद्दामा उच्च अदालत पाटनबाट सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना ठहर भएको थियो भने सुमित भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार जरिवाना हुने फैसला भएको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .