प्रधान सेनापति प्रभुराम शर्मा र युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सइद हामदान अल नाक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
45
Shares
प्रतिक्रिया