सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारका लागि आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले दिउँसो २ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन्।
तर त्यस बैठकमा आफ्नो पार्टी सहभागी नहुने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
नेपालखबरको जिज्ञासामा उनले भने, ‘सभामुखले बोलाएको बैठकमा हामी जाँदैनौं।’
आफ्नो पार्टीबाट निर्वाचित माधव नेपाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई कारबाही (सांसद पदबाट बर्खास्त) गरेर पठाएको पत्रबमोजिम सभामुख सापकोटाले सूचना टाँस नगरेको भनेर एमाले रुष्ट छ। उनलाई सभामुखको जिम्मेवारीबाट हटाउनुपर्ने माग राखेर एमालेले निरन्तर संसद् बैठकमा अवरोध गरिरहेको छ।
–सर्वाेच्चका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारीमा एमाले
Shares

प्रतिक्रिया