ad ad

राजनीति


युवा संघले टुंग्यायो जिल्लाको एकता, यी हुन् ७७ जिल्लाका संयोजक र सहसंयोजक

युवा संघले टुंग्यायो जिल्लाको एकता, यी हुन् ७७ जिल्लाका संयोजक र सहसंयोजक

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ५:३०,

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ।

बुधबार युवा संघले ७७ जिल्लाको संयोजक र सहसंयोजकको टुंगो लगाएको हो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका युवा संगठनहरु युवा संघ नेपाल र वाईसीएलबीच केन्द्रमा एकता टुंगिए पनि जिल्ला तहमा भने बुधबारमात्रै टुंगो लगाएको हो।

७७ जिल्लामध्ये युवा संघले ४२ र वाईसीएलले ३५ जिल्ला संयोजक र वाईसीएलले ४२ जिल्ला सहसंयोजक र युवा संघले ३५ जिल्ला सहसंयोजक पाएका छन्। युवा संघले अध्यक्ष पाएको जिल्लामा वाईसीएलले सहसंयोजक र वाईसीएलले अध्यक्ष पाएको जिल्लामा युवा संघबाट सहसंयोजक बनाइएको छ।

यही कात्तिक १६ को बैठकले दुई संगठनबीच जिल्लाको भागबण्डा टुंग्याए पनि नामको भने टुंगो लगाएको थिएन्।

जिल्ला तहसम्मको एकताको टुंगो लगाएसँगै युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ। भेलामा जिल्लाका संयोजक सहसंयोजक र प्रत्येक जिल्लाबाट दुई महिलालाई समावेश गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .