ad ad

राजनीति


बंगलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै, डुंगा चढेर फेवाताल सयर गर्ने

बंगलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै, डुंगा चढेर फेवाताल सयर गर्ने

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार २:४०,

नेपालको चारदिने मैत्रीपूर्ण भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (बिहीबार) बिहान पोखरा जाँदैछन्।

सद्भावना भ्रमणको क्रममा मंगलबार दिउँसो काठमाडौँ आइपुगेका हमिद बिहान ११ बजे हेलिकप्टरमार्फत् पोखरा जान लागेका हुन्।

पोखरा रहँदा उनले फेवातामा डुंगामा सयर गर्नुका साथै विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ।

पोखराबाट हमिद दिउँसो २ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

हमिदले बुधबार राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हमिद नेपाल आएका हुन्। 

भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमति, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव लगायत सहभागी छन्।

भोली शुक्रबार बिहान चन्द्रगिरीमा भ्रमण गरी राष्ट्रपति हमिद साँझ पाँच बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .