आज (बिहीबार) देशैभरीको मौसम सामान्यतयाः सफा छ।
देशका पश्चिमि र मध्य भूभागमा सामान्य बदली रहे पनि अधिकांश क्षेत्रमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसोपख पश्चिमी, मध्य र पूर्वी भूभागका केही ठाउँमा सामान्य बदलि हुनेछ। पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।
अबको तीन दिनसम्म जनजीवन प्रभावित गर्नेगरी मौसममा कुनै ठूलो फेरबदल नआउने महाशाखाले जनाएको छ।
विगत २४ घण्टाको मौसमी विवरण अनुसार काठमाडौँको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस छ।
यसबीचमा सबैभन्दा कम तापक्रम माइनस शून्य दशमलव ४ डिग्री सेल्सियस जुम्लामा मापन गरिएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया