ad ad

राजनीति


प्रधानमन्त्री देउवाले दोहोर्‍याए : ‘चैतसम्म सबै नेपालीलाई खोप’

प्रधानमन्त्री देउवाले दोहोर्‍याए : ‘चैतसम्म सबै नेपालीलाई खोप’

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:४८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई निःशुल्क खोप वितरण गर्ने प्रतिवद्धतामा आफू अडिग रहेको बताएका छन्। 

सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूले कोरोना भाइरसविरुद्धको खोपका लागि जनता सामु गरेको प्रतिवद्धता स्मरण गर्दै यस्तो बताएका हुन्। 

‘चैतसम्ममा मैले खोप लगाउन योग्य सबैलाई निःशुल्क खोप लगाइसक्ने बताएको थिए,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म १८ वर्षमाथि उमेर समूहका ६५ प्रतिशत नागरिकलाई खोप दिइएको छ।’

उनले अहिलेसम्म ४ करोडभन्दा बढी डोज खोप प्राप्त भएको, २ करोड ७५ लाख डोज लगाइसकिएको बताए। अहिलेसम्म १ करोड १८ लाख ६९ हजारलाई पूर्ण मात्रामा खोप दिइएको प्रधानमन्त्रीले जानकारी दिए।  

६० वर्षमाथिका व्यक्तिका लागि यसै महिनादेखि बुस्टर डोज दिइने पनि उनले घोषणा गरे। ५ देखि १२ वर्ष उमेर समूहका नागरिकका लागि छिट्टै खोप अभियान सुरु गरिने प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .