ad ad

राजनीति


महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार अग्रसर : प्रधानमन्त्री देउवा

महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार अग्रसर : प्रधानमन्त्री देउवा

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:४४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार महँगी र भ्रष्टाचार नियन्त्रण गर्न अग्रसर रहेको बताएका छन्। 

सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘आपूर्ति व्यवस्थामा सुधार गर्ने, महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कारबाहीको छानविन अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने काम भएका छन्।’

उनले आफूले सरकारको नेतृत्व गरेपछि आर्थिक र सामाजिक रुपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकास दरमा जोड दिएको बताएका छन्। 

प्रधानमन्त्री देउवाले आर्थिक र सामाजिक रुपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकास दरमा जोड दिएको बताएका हुन्।   

प्रधानमन्त्री देउवाले उत्पादनमुखि अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने काम पनि सरकारले गरेको जिकिर गरे। सरकारले स्वदेशी कच्चा पदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन गरी वृद्धि निकासी बढाउने काम गरेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .