राजनीति


एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व : प्रधानमन्त्री

एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व : प्रधानमन्त्री

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:३५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेकाले सहयोगको लागि सबैसँग आग्रह गरेका छन्।

सरकार गठन भएको ६ महिना बितेपछि सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले एक वर्षभित्रै स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको भएको भन्दै निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न सबैलाई आग्रह गरेका हुन्।

‘एक वर्षभित्रै ३ तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसँग रहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनका पूर्वतयारीका कामहरु सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्दछु।’

उनले संसदमा रहेका दलहरुसँगको संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरेर विचाराधीन विषयलाई निष्कर्षमा पुर्या‍इने पनि बताए।

उनले दलहरूसँगको संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरेर विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताएका हुन्। 

‘संसदमा रहेका सबै राजनीतिक दलहरुसँगको संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचारधिन विषयलाई निष्कर्षमा पुर्याइने छ,’ प्रधानमन्त्री देउवाले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad