नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउने भाषण दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हटाइनुपर्ने नत्र नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नपर्ने बताएका छन्।
बलिदानी दिवसका अवसरमा गत बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई संकेत गर्दै गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने धम्मी दिएकी थिइन्।
–भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिइन् सिके राउतको हत्या गर्ने धम्की
यसरी संविधानविपरीति हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने अन्यथा देउवा सभापति रहेको कांग्रेसले राजनीतिमा हिंसालाई स्थान छ भन्नुपर्ने टिप्पणी एमाले नेता भट्टराईले गरेका हुन्।
‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनुपर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्यो’, बिहीबार राति सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘अर्को बाटो छैन।’
–मन्त्री रेणु यादवलाई बर्खास्त गरी पक्राउ गर्न सिके राउतकाे माग
Shares
प्रतिक्रिया