ad ad

राजनीति


ऋण लिएर रेल चाहिँदैन : देउवा

ऋण लिएर रेल चाहिँदैन : देउवा

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ११:३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशीसँग ऋण लिएर रेल बनाउन नहुने बताएका छन्।

‘रेल रेल भनिरहेका छन्। भारत होस् की चीन, ग्रान्ट (अनुदान) मा बनाउँछन् भने ठीक छ। ऋण लिएर रेल हुँदैन,’ सभापति देउवाले मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए। ‘भारत र चीन दुवैलाई त्यहि हो ।’ उनले वर्षैपिच्छे ब्याज बढ्दै जाने गरी ऋण लिएर रेल बनाए त्यो तिर्न नेपालसँग पैसा नहुने बताए।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मकवानपुरको हेटौडामा आयोजित कार्यक्रममा देउवाले चीनको महत्वाकांक्षी बिआरआई प्रोजेक्ट अन्तर्गत नेपाल–चीन सीमापार रेल निर्माणको चर्चातर्फ संकेत गर्दै सो परियोजनाको नाम नलिई सो धारणा व्यक्त गरेका हुन्। उनले अहिले देशमा बाटाे, सडक नै बढि आवश्यक भएकाे बताए।

देउवाले सरकारले बहुमतको दुरुपयोग गर्दै विभिन्न संवैधानिक आयोगहरुलाई आफ्नो स्वार्थअनुरुप प्रयोग गरेको आरोप पनि लगाए।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाउन खोजेको छ,’ उनले भने। त्यसको सामना गर्नुपरेको र ‘धेरै ठूलो लडाई लड्नु परेकोले’ सबै कांग्रेस कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .