ad ad

राजनीति


महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने

महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ११:३,

दिल्ली १५ दिनअघि चुनाव भएको भारतको दोस्रो ठूलो राज्य महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने भएको छ।

धानसभा चुनावपछि कुनै पनि राजनीतिक दलले सरकार बनाउने अवस्था सिर्जना नभएपछि त्यहाँ राष्ट्रपति शासनका लागू गर्न खोजिएको हो।

राज्यपाल भगतसिंह कोसियारीले कुनै पनि राजनीतिक दल सरकार बनाउने अवस्थामा नभएको भन्दै गृहमन्त्रालयमा जानकारी गराएका छन्।

त्यस लगत्तै राष्ट्रपति शासन लागू गर्ने तयारी भएको हो। भारतीय पत्रिका द हिन्दुले भारतीय गृह सचिवलाई उद्धृत गर्दै महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू हुने र त्यस विषयमा थप जानकारी मंगलबार साँझसम्म सार्वजनिक गर्ने बताएका छन्।

तर, सरकार गठनका लागि राज्यपालले थप समय नदिएको भन्दै क्षेत्रीय दल शिव सेना भारतको सर्वोच्च अदालत पुगेको छ।

महाराष्ट्रको २ सय ८८ सदस्यीय विधानसभामा भारतीय जनता पार्टी १ सय ५ स्थान जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। शिव सेनाले ६१ स्थान जितेको थियो। दुवै दलले गठबन्धन बनाएर चुनाव लडेपछि परिणाम सार्वजनिक भएपछि मुख्यमन्त्री कुन दलका हुने भन्ने विषयमा मतभिन्नता शुरु भएको थियो।

शिवसेनाले आधा आधा कार्यकाल मुख्यमन्त्री हुनुपर्ने माग राख्दै आएको थियो। महाराष्ट्र राज्यमा शिवसेना र भाजपाबीच करिब २५ वर्षदेखि गठबन्धन हुँदै आएको थियो।

विवाद बढ्दै गएपछि भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट पनि बाहिरिएको छ। नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा सरकारमा रहेको शिवसेनाका एक मन्त्रीले सोमबार राजीनामा दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .