ad ad

राजनीति


एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ विजयी

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ विजयी

फाइल तस्बिर : एमाले कास्की अध्यक्ष निर्वाचित मनबहादुर गुरुङ


वाशुदेव मिश्र
पुस २८, २०७८ बुधबार ९:३२, कास्की

नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन्।

बुधबार बिहान सार्वजनिक मतपपरिणाअनुसार ४५६ मत पाएर उनले जिल्ला अध्यक्ष पद जितेका हुन्। पराजित दामोदार बैरागीले भने ४ सय ७ मत प्राप्त गरेका छन्। 

विजयी मनबहादुर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिव पद्मा अर्याल समूहका हुन्। 

एमाले कास्कीका कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङसँग प्रतिस्पर्धामा उत्रिएका वैरागीलाई संगठन विभाग  प्रमुख खगराज अधिकारीको साथ थियो।

कास्कीमा पृथ्वीसुब्बा र खगराजबीच जुँगाको लडाइँ छ। यही पुस २३ गते सुरु अधिवेशन २ नेताको प्रतिष्ठाको प्रतिस्पर्धाकै कारण लम्बिएको थियो।

अन्ततः सहमति  जुटेन र प्यानलसहित चुनावी प्रतिस्पर्धा भएको हो। पार्टी निर्देशन र सहमतिविपरीत गुटगत उम्मेदवारकाे सूची बाँडिएकाे थियाे। 

निर्वाचनबाट पदाधिकारीमा गुरुङ प्यानलबाट उपाध्यक्षमा तेजनारायण अधिकारी मात्र विजयी भए।

सचिव र २ उपसचिव पदमा वैरागी समूहका उम्मेदवार विजयी भएका छन्। 

उपाध्यक्षमा तेजनारायण अधिकारी (४२१ मत) तथा सचिवमा बैनबहादुर क्षेत्री (४७५ मत) विजयी भएका छन्। 

यस्तै उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका छन्। 

उपाध्यक्षमा पराजित प्रभा कोइरालाले ४१३, सचिवमा पराजित विष्णुबहादुर केसीले ३६४ तथा उपसचिवमा हारेका इमान पौडेलले ३५५ र मनबुजा विकले २३७ मत पाएको एमाले कास्कीको निर्वाचन समितिले जनाएको छ। 

चुनाव जित्ने अध्यक्ष गण्डकी प्रदेश सांसद हुन् भने सचिव बैनबहादुर जिसस कास्की प्रमुख। उपसचिवमध्ये दर्शन पोखरा १३ का वडाध्यक्ष हुन् भने नवराज रुपा गाउँपालिका प्रमुख। उपाध्यक्षमा पराजित प्रभा प्रदेश सांसद हुन्।

यो पनि५४ जिल्लामा चुन्यो एमालेले नयाँ नेतृत्व (अध्यक्षको नामसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .