राजनीति


जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ उपचारका लागि लन्डन जाने

जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ उपचारका लागि लन्डन जाने

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ८:७,

सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको समाचार संस्था एएनआइले जनाएको छ।

प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिएका छन्।

नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लन्डन जाने छन्। उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको जनाइएको छ।

सरिफको धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उनी कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .