अटो


राशी अटोमोबाइल्स र बीएस मोटर्सबीच सहकार्य हुने

राशी अटोमोबाइल्स र बीएस मोटर्सबीच सहकार्य हुने

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ८:०,

राशी अटोमोबाइलस र बीएस मोटर्सबीच सहकार्य हुने भएको छ। कम्पनीहरुका अनुसार लगभग पाँच सयभन्दा बढी ब्याक्हो लोडर र सोइल कम्प्याक्टरहरु नेपालमा सञ्चालनमा रहेका छन्। नेपालमा न्युहोल्याण्ड एग्री कल्चर तथा कन्स्ट्रक्शन इक्विपमेन्टहरु भुषाल समूहअन्तर्गतको बीएस मोटर्सले आयात गरी राशी अटोमोवाइल्समार्फत बिक्रीवितरण गर्ने गरी कार्य अगाडि बढेको हो।

भुषाल समूहले आयात गर्ने गरेको न्यु होल्याण्ड कन्स्ट्रक्सन इक्विपमेन्टको लागि अबदेखि नेपालभरको सबै क्षेत्रमा बिक्रीवितरणसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी राशी अटोमोबाइल्ससँग सहकार्य गर्ने गरी सम्झौता भएको छ। यो सम्झौताअनुसार अब देखि भुषाल समूह अन्तर्गतको बिएस मोर्टसले न्यु होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टहरु आयात मात्र गर्ने र नेपालको ग्राहकहरुले राशी अटोमोबाइल्स र यस अन्र्तगत रहेका डिलरहरु मार्फत न्युहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टहरु खरिद गर्न सक्नेछन् ।

भारत पितमपुरमा अवस्थित फ्याक्ट्रीबाट उत्पादन हुने न्युहोल्याण्ड कन्स्ट्रक्सन इक्विपमेन्टहरु नेपालमा आयात भई बिक्रीवितरण हुनथालेको लगभग तीन वर्ष हुनलागेको छ।

हाल फियाट ग्रुपअन्तर्गत रहेको केश न्युहोल्याण्डको (सीएनएच)को नामबाट ‘न्युहोल्याण्ड’ र ‘केश’ दुई ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेन्टहरु विश्वभर नै उत्पादन हुन्छन्। विश्वका १० भन्दा बढी देशबाट उत्पादन भई विश्वका सयभन्दा बढी देशहरुमा बिक्रीवितरण हुन्छन । भारतमा पनि पितामपुरमा रहेको एउटै फ्याक्ट्रीबाट न्युहोल्याड र केश दुई अलग अलग ब्राण्डहरु उत्पादन भइरहेका छन्। तर दुवैमा प्रयोग भएका सबै पार्टपुर्जा र कम्पोनेन्टहरु भने एउटै हुन्छन्।

भुषाल समूहले नेपालको पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवलमा आधारित रही आफ्नो व्यापारिक कारोबार गरिरहेको छ। बालकृष्ण भुषालको नेतृत्वमा भुषाल समूहअन्तर्गतका विभिन्न कम्पनीहरु सञ्चालनमा छन्। उनका दुई छोरा अमृत भुषाल र अंकित भुषालले पनि ब्यवसायमा आफ्ना बुवालाई दरिलो साथ दिइरहेका छन् । बालकृष्ण भुषालकी जेठी बुहारी जया भण्डारी भुषालले पनि भुषाल समूहको नयाँ व्यवसायमा त्यतिकै सहयोग गदै आएकी छन्।

करिब ३० वर्ष अघिदेखि ट्याक्टर आयात गरी नेपालको बजारमा बिक्री गर्दै आएको भुषाल समूह हाल आएर न्युहोल्याण्ड ब्राण्डका ट्याक्टर, कन्स्ट्रक्सन इक्युप्मेन्ट आयात गर्दै आएको छ। हाल भुषाल समूहले भैरहवामा पाँचतारे होटल निर्माण गरिरहेको छ। रियल स्टेटको क्षेत्रमा पनि भुषाल समूह आफुलाई राम्रोसँग स्थापित गर्न सफल भएको छ।

त्यस्तै अर्जुन रानाभाट र कपिल शिवाकोटीको संयुक्त लगानीमा स्थापित कम्पनी राशी अटोमोबाइल्सको प्रधान कार्यालय सातदोबाटो, ललितपुरमा रहेको छ। यसको प्रबन्ध निर्देशकको रुपमा कपिल शिवाकोटी कार्यरत छन् । यसभन्दा अघि ज्योति समूह, आइएमई समूहमा उच्च तहमा रहेर बिभिन्न मल्टीनेशनल ब्राण्डहरु ह्याण्डल गरिसकेको अनुभव लिएका शिवाकोटीले अब न्यु होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टलाई नेपालको बजारमा लिएर आएका छन्।

राशी अटोमोबाइल्सअन्तर्गत १६ स्थानमा डिलरहरु स्थापना गरी सञ्चालन गरिने छ र हाल ९ स्थानमा डिलरहरु स्थापना भई सञ्चालनमा आईसकेका छन् । नेपाल भर रहेका उक्त डिलरहरुबाट न्यु होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टका ब्याक्हुलोडर, सोइल कम्प्याक्टर, भाइब्रेटर रोलर, टेण्डम रोलर आदि इक्वीप्मेन्टहरु खरिद गर्न र बिक्री पछिको सेवा प्राप्त गर्न सकिने जानकारी राशी अटोमोबाइल्सले दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad