राजनीति


सभामुख हुन सक्षम छुः उपसभामुख तुम्बाहाम्फे

सभामुख हुन सक्षम छुः उपसभामुख तुम्बाहाम्फे

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १२:१७,

 प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन्।

हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्। ‘प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ। सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ’, उनले भनिन्। उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गरे।

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो। ‘सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ। त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ’, उनले भनिन्, ‘सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ। दलले जतिबेला मलाई सोध्छ, परामर्श छलफलमै के गर्ने भन्ने टुंगो लाग्छ।’

रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मंसिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताइन्।
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .