लकहिड एसआर–७१ सन् १९५० मा डिनाइन भएको विमान हो। यो विमान शLतयुद्ध ताका सबैभन्दा माथि र छिटो उड्नसक्ने विमान थियो।
पहिलो उडानको ५५ वर्षपछि पनि यस विमान उत्तिकै छिटो र माथि उड्नसक्ने विमान हो।
यस विमानले अमेरिकी गुप्तचर संस्था सिआइएको जासुसीको काममा निकै सहयोग पुर्र्याएको थियो।
हाल पनि रकेट जडित विमान बाहेकका विमानभन्दा यो विमान तिव्र गतिमा उड्नसक्ने सीएनएनले जनाएको छ।
यस विमानको नाम ब्ल्याकबर्ड हो। यस विमानले दुश्मनको सिमानामा पुगेर फोटोहरु संकलन गरेर ल्याउँदा समेत कसैले विमान ट्र्याक गर्न सक्दैन थिए।
यस विमानमा क्षेप्यास्त्र लगायत अन्य हतियाहरहरु जडान गरिएको छ। ब्ल्याकबर्ड विमानका अन्य डिजाइनहहरु यु–२ स्पाइ, ए–१२, ए–१३ हुन्।

प्रतिक्रिया