ad ad

राजनीति


महरा प्रकरणलाई अपराधिकरण गरिनु गलतः मन्त्री पुन

महरा प्रकरणलाई अपराधिकरण गरिनु गलतः मन्त्री पुन

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १३:५८,

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पूर्व सभामुख कृष्णबहादुर महराको विषय आपराधिक नभएको बताएका छन्। महरा प्रकरणलाई अपराधिकरण गरी कारबाही गरिनु गलत भएको मन्त्री पुनले बताए।

नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘अपराधिक घटनालाई अपराधिक ढंगले हेर्नुपर्छ। नेता भएकै कारण जसरी पनि घटनालाई अपराधिकरण गरेर कारबाही गर्ने कुरा स्वीकार्य हुदैन।’

व्यक्तिगत रुपमा हेर्दा घटनलाई आवश्यक भन्दा बढि अपराधिक बनाउन खोजिएको उनको भनाई छ। यो विषय अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न उचित समय नभएको पनि उनले बताए। उनले पूर्व सभामुखको विषय अदालतमा मुद्दा चलेसँगै ठूला र साना सबैलाई कानुन बराबर हुन्छ भन्ने तथ्य स्थापित भएको बताए।

फरक प्रशंगमा उनले भारतले गत शनिबार जारी गरेको नक्साको विषयमा आपत्ती जनाएका छन्। उनले भने, ‘कालापानी र लिपुलेक हाम्रो भूमि हो। भारतले एकतर्फी रुपमा नक्सामा समेट्दैमा नेपाली भूमी भारतको हुन सक्दैन हाम्रा लागि नक्सा स्वीकार्य छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .