१३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिता आउन तीन हप्ता मात्र बाँकी रहँदा मुख्य आयोजनास्थल दशरथ रंगशालाको निर्माणको काम धमाधम जारी छ।
रंगशालाको भीआइपी तर्फको प्याराफिटको काम बाँकी रहेपनि अन्य काम अन्तिम चरणमा पुगेको छ। मैदानमा दुबो लगाउने, सम्माउने, रंगरोगन गर्ने काम सकिएको छ भने कुर्सीहरु राख्ने काम जारी छ।
चारवर्षअघि भुकम्पले क्षतिग्रस्त पारेको रंगशाला तयार पार्न अन्तिम कसरत भइरहँदाका पछिल्ला दृश्यहरु नेपालखबरकी स्नेहा केसीले आफ्नो क्यामरामा कैद गरेकी छिन्।
प्रतिक्रिया