नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सानेपामा जारी छ।
निर्वाचन समितिले दिएको पछिल्लो मतपरिणाम अनुसार शेरबहादुर देउवा प्यानलमा खड्का र विजय गच्छदारले अग्रता बनाइरहेका छन्।
उनीहरुलाई शेखर कोइराला प्यानलका धनराज गुरुङ र चन्द्र भण्डारीले पछ्याइरहेका छन्।
३५ सय ५८ मत गन्दा खड्का १६३४ मतसहित अगाडि छन् भने गच्छदारको १४ सय ४३ मत रहेको छ।
उता शेखर प्यानलका धनराज गुरुङले १४३७ मत ल्याएका छन्। चन्द्र भण्डारीको १२ सय ५७ मत रहेको छ।
ताजा मत परिणाम :
पूर्णबहादुर खड्का-१६३४
विजयकुमार गच्छदार -१४४३
धनराज गुरुङ -१४३७
सुजाता कोइराला-४३८
महेश आचार्य -४१३
दिव्यश्वरी शाह-११७
807
Shares

प्रतिक्रिया