राजनीति


माओवादी केन्द्रको लुम्बिनीमा कमिटी बन्यो, पदाधिकारी चयन हुन सकेन

माओवादी केन्द्रको लुम्बिनीमा कमिटी बन्यो, पदाधिकारी चयन हुन सकेन

सुदीप भण्डारी
मंसिर २८, २०७८ मंगलबार १७:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रले लुम्बिनीमा प्रदेश कमिटी चयन गरे पनि नेतृत्व चयन गर्न असफल भएको छ।

माओवादी केन्द्रको दाङको भालुवाङमा भएको प्रदेश सम्मेलनले २ सय १७ सदस्यीय प्रदेश कमिटी बनाएको छ।

शनिवार सुरु भएको प्रदेश सम्मेलनले आइतबार अबेर प्रदेश कमिटी गठन गरेको हो। कमिटीका सदस्यहरुलाई सोमबार सपथग्रहण गराइयो। तर प्रदेशका पदाधिकारीको टुंगो नै नलागिकन सम्मेलन स्थगित भएको छ। प्रदेश कमिटी सदस्यहरुले नै पदाधिकारी चुन्ने व्यवस्था भएपनि सम्मलेनको प्रक्रिया लम्बाइएको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनीका प्रदेश सांसद दिपेन्द्र पुन मगरले केन्द्रमा संसदको अधिवेशन सुरु भएकाले तत्कालको लागि पदाधिकारी छनोट प्रक्रिया स्थगित भएको बताए। 

कमिटी गठन गरेको भए पनि त्यसमा रहने सदस्य पुरा आएका छैनन्। माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्यीय रहने व्यवस्था छ।

‘अहिले २ सय २८ को तोकिने हो। त्यसमा विभिन्न क्लष्टर नपुगेको कारण २ सय १७ आएका छन्’ पुनले भने ‘दलित, महिला तर्फ थपिने छ। त्यो कमिटीले १० प्रतिसत सदस्य मनोनित गर्छ।’ 

प्रदेश कमिटीबाट अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ३ सहसचिव गरि ९ सदस्यीय पदाधिकारी चयन हुने छन्। ती पदाधिकारी कहिले टुंगिन्छन् निश्चित छैन। माओवादी केन्द्रका नेता तथा लुम्बिनी इन्चार्ज चक्रपाणी खनाल बलदेवले पुसको पहिलो हप्ताभित्रै पदाधिकारी चयन हुने दाबी गरे। उनले सर्वसम्मतको लागि धेरै समय नखर्चने र निर्वाचनमै जाने बताए।

‘अब पुस ४–५ गतेको आसपासमा कमिटीको बैठक बसेर टुंगो लगाउँछौं’ बलदेवले भने ‘छलफल गर्दा सर्वसम्मत भए हुन्छ नभए चुनावमै गइन्छ। सहमितको लागि धेरै माथापच्ची गरिँदैन।’ 

चुनावी प्रक्रियाका लागि केही तयारी गर्नुपर्ने भएकाले समय लागेको उनले बताए। लुम्बिनी प्रदेश कमिटीको अध्यक्षको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा आकांक्षी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .