ad ad

राजनीति


बंगलादेशी राष्ट्रपतिले फेवातालमा बोटिङ गर्ने

बंगलादेशी राष्ट्रपतिले फेवातालमा बोटिङ गर्ने

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:३४,

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने राजकीय भ्रमणमा आगामी साता नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा कातिक २६ नेपाल आउने राष्ट्रपति हमिदले पोखराको समेत भ्रमण गर्ने भएका छन् ।

पहिलो पटक नेपाल आउन लागेका राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

हमिद काठमाडौँपछि कात्तिक २८ गते पोखरा जानेछन् । उनीलाई सेनाको हेलिकप्टरमा राखेर पोखरा लैजाने तयारी छ । जहाँ उनलाई फेवातालमा बोटिङ गराउने तयारी भएको स्रोतले जनाएको छ ।

राष्ट्रपति हमिदको भ्रमणको क्रममा सौविद्ध व्यापार र मोटर भेइकल सम्झौता हुने भनिए पनि नेपाली पक्षबाट पर्याप्त तयारी नहुँदा दुवै विषयमा सम्झौता गर्ने कार्यक्रम स्थगित भएको छ ।

हमिद सन् २०१३ मा पहिलो पटक र सन् २०१८ मा दोस्रो पटक निर्वाचिन भएका हुन् । पछिल्लो १० वर्षदेखि बंगलादेशले तीव्र रुपमा आर्थिक विकास गर्दै आएको छ ।

भौलोगिक रुपमा भारत र चीनपछि सबैभन्दा नजिकको देश बंगलादेश र नेपालबीच ऊर्जा अदानप्रदानसम्बन्धी सम्झौता भएको छ । भारतीय भूभागको प्रयोग गरेर मात्रै विद्युत आदानप्रदान भएकाले यस विषयमा त्रिदेशीय बैठक हुन लागेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .