राजनीति


कांग्रेसको प्रदेश १ अधिवेशन : अन्ततः २ मतले उद्धव थापाले जिते, गुरुराज घिमिरे हारे

कांग्रेसको प्रदेश १ अधिवेशन : अन्ततः २ मतले उद्धव थापाले जिते, गुरुराज घिमिरे हारे

फाइल तस्बिर : प्रदेश १ मा कांग्रेस सभापतिमा विजयी उद्धव थापा र पराजित गुरुराज घिमिरे।


नेपालखबर
मंसिर २०, २०७८ सोमबार ४:५४, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश नम्बर १ को सभापतिमा अन्ततः उद्धव थापा विजयी भएका छन्। 

सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै संस्थापन पक्षका थापा पार्टीको प्रदेश १ सभापति हुन सफल भएका हुन्। 

कांग्रेसको निर्वाचन समितिका अनुसार विजयी थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए। सुरुदेखि अग्रता लिइरहेका घिमिरेलाई अन्तिम परिणाम आउँदा थापाले मात्र २ मतले पछाडि पारे र विजयी भए। 

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित धेरैजसो पदाधिकारीमा पनि संस्थापन पक्षकै उम्मेदवारले जितेका छन्। पौडेल–कोइराला समूहबाट महामन्त्री पदमा एक जना मात्र विजयी भएका छन्।

उपसभापति पदमा संस्थापन समूहका रमेशजंग रायमाझी (८९१) र टंकप्रसाद राई (८४७) विजयी भएका छन्। संस्थापन इतरका गोविन्दप्रसाद ढुंगाना (केदार) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत ल्याएर हारेका हुन्। 

महामन्त्री पदमा भने संस्थापनका भूपेन्द्र राई (८२४) र इतर समूहका उमेश थापा (८२३) विजयी भएका छन्। पराजित दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवाले ८०७ मत ल्याएका छन्।

सहमहामन्त्री पदमा संस्थापन पक्षका खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्। इतर समूहका रोहितकुमार शाह (६६५),  विरकाजी राई (६४७) र शुभचन्द्र राई (८४) ले हारे।

सहमहामन्त्री महिलामा पनि संस्थापन पक्षकै प्रमिला गछदार (८३७) विजयी भएकी छन। उनका निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत ल्याइन्।

प्रदेश १ को कांग्रेस निर्वाचनमा देउवा–सिटौला र पौडेल–कोइराला पक्षबीच प्रतिस्पर्धा भएको हो। 

प्रदेश १ मा कूल १ हजार ७५२ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .