राजनीति


कांग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता

कांग्रेस लुम्बिनीको निर्वाचन : खुला सदस्यतर्फ मतगणना जारी, इतर समूहको अग्रता

सुदीप भण्डारी
मंसिर १९, २०७८ आइतबार ९:१५, काठमाडौँ

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत खुला सदस्यतर्फ मतगणना भइरहेको छ। 

निर्वाचन समितिका अनुसार ३०० मत गनिसक्दा अमर पुन प्यानलले अग्रता लिएको छ। 

पदाधिकारीतर्फ मतगणना अझै सुरु भएको छैन। 

भैरहवास्थित महेन्द्र सभा गृहमा शनिबार बिहान ११ बजे सुरु मतदान साँझ करिब ६ बजे सकिएको थियो। तर मतगणना ढिलागरी राति करिब १२ बजे सुरु भएको हो।

पहिलाेपटक गठन हुँदै गरेकाे कांग्रेस लुम्बनी प्रदेशको नेतृत्व लिन पार्टी सभापति शेरबहादुर देउवा समूहबाट रुपन्देहीका भरतकुमार शाह र इतर पक्षबाट रोल्पाका अमरसिंह पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्।

देश संघीय संरचनामा गएयता कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गरिरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .