राजनीति


एकिकरणसँगै विवेकशील साझामा थपिए ४५ केन्द्रीय सदस्य(नामावली)

एकिकरणसँगै विवेकशील साझामा थपिए ४५ केन्द्रीय सदस्य(नामावली)

नेपालखबर
मंसिर १८, २०७८ शनिबार १८:१४, काठमाडौँ

विवेकशील साझा पार्टीले शनिबार सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गरेको छ। 

उक्त घोषणासँगै पार्टीको केन्द्रीय सदस्यमा ४५ जना थपिएका छन्। 

सिटिजन्स डिसकशन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ४५ जना थपिने सहमति भएको छ। 

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहनेछ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय बनेको छ। 

यो पनि: ‘पृथ्वीनारायणलाई छोडेर मार्क्स र माओलाई माला लगाउनेले देशलाई बनाउँन सक्दैनन्’

यो पनि: यो पनि: विवेकशील साझा पार्टीको एकिकरण घोषणा कार्यक्रम (फोटो फिचर)

रवीन्द्र मिश्र एकल कार्यकारी अध्यक्ष रहने पार्टीको एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने समझदारी बनेको छ।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

२०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।

थपिएकाको नामावली- 

केन्द्रीय समिति सदस्यहरूको नामावली
सिटिजन्स डिसकशन फोरमस्
. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. रमेश श्रेष्ठ ५. डा नन्द प्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. राजु वस्याल ८. धर्मराज शाक्य ९. राकेश कृष्ण अमात्य १०. सुरेश अर्याल ११. शान्ती ढुङ्गाना १२. विपना शर्मा १३. तारा सापकोटा १४. डा पुर्ण शाही १५. लक्ष्मी अधिकारी १६. मुना अधिकारी १७. दुर्गा कार्की १८. माधव भण्डारी १९. रमेश नेपाल  २०. धर्म मानन्धर २१. सौरेन्द्र बहादुर शाह २२. लक्ष्मण सिटौला २३. उत्तम निरौला २४. रोशन शिवाकोटी २५. सुदर्शन शर्मा २६. शान्ता गिरी २७. विन्दु हमाल २८. चन्द्रावती ढकाल २९. रविना अमगाईं ३०. गोपाल प्रसाद भण्डारी ३१. चन्द्रिका ढकाल

राष्ट्रिय जनता दरबार पार्टी
१. एसपी साह सारथी २. निरज थापा ३. श्रीराम पाण्डे कल्पित ४. डम्बर खत्री ५. सन्तोष चौहान ६. नरेश चौलागाईं ७. सुरज भारद्वाज बोहोरा ८. टिकाराम बर्तौला ९. विनोद कुमार रायमाझी १०. रिता पाठक ११. वसन्ती ज्ञवाली १२. रचना सापकोटा १३. प्रमोद उप्रेती १४. अमृता चौलागाईं 

केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूको नामावली
१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. राकेश कृष्ण अमात्य ५. डा नन्दप्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. एसपी साह सारथी ९. निरज थापा १०. श्रीराम पाण्डे कल्पित ११. विनोद कुमार रायमाझी

साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरणका मुख्य बुँदाहरु
१. एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिनेछ।
२. एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३. एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्।
४. एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
५. एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ। त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ।
६. एकिकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुनेछ।
७. एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको निरूपण केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .