ad ad

फोटोफिचर


विवेकशील साझा पार्टीको एकीकरण घोषणा कार्यक्रम (फोटो फिचर)


बिजय सिंह
मंसिर १८, २०७८ शनिबार १५:५७, काठमाडौँ

विवेकशील साझा पार्टीले शनिबार ललितपुरको जावलाखेलमा सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा कार्यक्रम आयोजना गर्‍यो। 

एकीकरण घोषणाको दस्तावेजमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीलगायत हस्ताक्षर तथा सम्बोधन गरेका थिए। 

२०७१ सालमा भ्रष्टाचारविरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।

यो पनि: ‘पृथ्वीनारायणलाई छोडेर मार्क्स र माओलाई माला लगाउनेले देशलाई बनाउँन सक्दैनन्’

यो पनि: एकिकरणसँगै विवेकशील साझामा थपिए ४५ केन्द्रीय सदस्य(नामावली)

भिडियो:

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना थपिने सहमति भएको छ। 

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहनेछ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय बनेको छ। 

एकीकरण घोषणासभाका केही तस्बिरहरु- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .