सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवर्तामान सभामुख कृष्णबहादुर महराले नैतिक रुपमा गल्ती गरेको बताएका छन्।
बुधबार प्रेस संगठनले दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले महराले गरेको नैतिक गल्तीको गरेको भन्दै उनीमाथि उचित कानुनी कारबाही हुने बताए।
महराले गरेको गल्ती गम्भीर भएको भन्दै गम्भीर गल्ती गर्दा नेतृत्वलाई समेत ढाँटेर थप गल्ती गरेको प्रचण्डको भनाई थियो।
अध्यक्ष प्रचण्डले महराले गरेको गल्ती बुझ्न सुरुमा साथीहरुलाई पठाएको र पछि आफै जाँदा समेत ढाँटेको बताए।
पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो। चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने,नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो।’ उनले महराले गरेको गल्तीमा राजनीतिक संरक्षण नहुने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले महराको केस अदालतमा पुगिसकेका कारण यसबारे आफूहरुले भन्दा पनि अदालत नै आवश्यक कारबाही गर्ने बताए।

प्रतिक्रिया