समाज


कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते

कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ५:३१,

सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन्। घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। कार सडकबाट करीब १५० मिटर तल खसेको छ। ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad