राजनीति


कास्की २ मा कांग्रेसबाट धनराज गुरुङ नलड्ने

 कास्की २ मा कांग्रेसबाट धनराज गुरुङ नलड्ने

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ६:२३,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कास्की २ बाट उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्।

कास्की क्षेत्र नम्बर २ मा आँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट गुरुङ उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला गुरुङले आफू नभई स्थानीय साथीहरुलाई उम्मेदवार बनाउन सुझाब दिएका छन्।

स्याङ्जाबाट कास्कीमा बसाई सरेका गुरुङलाई  टुरिस्ट भन्दै कास्कीका केही कांग्रेस नेताहरुले उनलाई उम्मेदवार बनाउन नहुने बताउँदै आएका थिए।

उनले बुधबार बिहान कांग्रेस पदाधिकारीहरुसँग आफै उपस्थित भएर आफू उम्मेदवार नबन्ने बताएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गर्नुभएको छ’, शर्माले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्।

सो क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मंसिर १४ गते सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि नेकपाले रवीन्द्रकै पत्नी विद्या भट्टराई र साझा पार्टीले हालसालै कांग्रेसबाट पार्टी प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्।

बिहीबार मनोनयन दर्ताको मिति तोकिएको भए पनि कांग्रेसले बुधबारसम्म उम्मेदवार चयन गर्न सकेको छैन भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad