राजनीति


एमालेको नयाँ नेतृत्व घोषणा दिउँसो २ बजेभित्र

एमालेको नयाँ नेतृत्व घोषणा दिउँसो २ बजेभित्र

एमाले नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा आयोजित चुनावमा मंगलबार बिहान मतदान गर्दै केपी शर्मा ओली (दायाँ) र विष्णु पौडेल। तस्बिर : विक्रम राई/नेपालखबर।


कृष्ण बहाब
मंसिर १४, २०७८ मंगलबार १०:२८, चितवन

नेकपा एमालेको नयाँ नेतृत्व आज दिउँसो २ बजेसम्ममा घोषणा हुने दसौं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष विजय सुब्बाले भने : 

‘करिब २ हजार आसपास मत खसेको छ। मतदानको समय (बिहान) १०:३०  सम्म तोकेका छौं। मतदान सकिएपछि परिणाम घोषणालाई धेरै समय लाग्दैन। डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं। सबै बुथको मत जोड्छौं। अनि परिणाम घोषणा गर्छाैं। अधिकतम लागे (दिउँसो) २ बजेसम्म घोषणा भइसक्छ।’

एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे विद्युतीय मतदान सुरु गरिएको थियो। 

यो पनि : ​एमाले महाधिवेशन : यी पदमा यी निर्विरोध, यी चुनावी प्रतिस्पर्धामा (नामावलीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .