राजनीति


एमाले महाधिवेशन : यी पदमा यी निर्विरोध, यी चुनावी प्रतिस्पर्धामा (नामावलीसहित)

एमाले महाधिवेशन : यी पदमा यी निर्विरोध, यी चुनावी प्रतिस्पर्धामा (नामावलीसहित)

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १०:२, काठमाडौँ

चितवनको सौराहामा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) बिहानै ४ बजेदेखि मतदान भइरहेको छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मतदान अन्तिम चरणमा पुगेको छ भने मतदान सकिएको एक घण्टाभित्र परिणाम सार्वजनिक हुनेछ। 

निर्वाचनबाट एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। तर यसका लागि ३३३ जनाको उम्मेदवारी परेका छन्। यसैकारण निर्वाचन गर्नुपरेकाे हाे। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार पदाधिकारीमा २३ र केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेका हुन्। 

तर यीमध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र केही केन्द्रीय सदस्यमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका छन्। 

सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भएका हुन्। 

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका छन्।

यस्तै ६ जना उपाध्यक्ष पदका लागि ७ जना - अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेका छन्।  

त्यसैगरी ७ सचिव पदका लागि ९  नेता - गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेका छन्। 

तलको सूचीमा जुन पदमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेका छन्, ती निर्विरोध हुन्छन् भने जुन पदमा निर्धारित संख्याभन्दा बढी जनाको उम्मेदवारी परेका छन्, तीबीच चुनावी प्रतिस्पर्धा भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .