ad ad

राजनीति


एमाले नयाँ नेतृत्व चयन गर्न चुनावी प्रक्रिया सुरु, अध्यक्षदेखि सचिवसम्म धमाधम उम्मेदवारी दर्ता

एमाले नयाँ नेतृत्व चयन गर्न चुनावी प्रक्रिया सुरु, अध्यक्षदेखि सचिवसम्म धमाधम उम्मेदवारी दर्ता

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ९:५०, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ। 

यो खबर तयार पार्दासम्म अध्यक्षमा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले सचिव पदका लागि उम्मेदवारी दिइसकेका छन्। 

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा जारी बन्दसत्रमा निर्वाचन हुन लागेको हो। 

केन्द्रीय सदस्यमा पनि उम्मेदवारी पर्ने देखिएको छ। एमाले निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मध्याह्न १२ बजेसम्मको समय सीमा तोकेको छ। एमालेमा एक जना अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, ७ सचिव रहने व्यवस्था गरिएको छ।

नवौं महाधिवेशनमा जितेका ३ नेता पदाधिकारीबाट ‘आउट’, सचिवमै हारेका विष्णु रिमाल उपमहासचिव

उम्मेदवारी दर्तापछि भीम रावलले भने: अध्यक्षमा विजयी भएँ भने आगामी चुनावमा एमालेलाई बहुमत दिलाउँछु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .