राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुख (गभर्नर) नियुक्ति गरेकी छिन्।
मन्त्रिपरिषद्काे सिफारिसमा सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईं प्रदेश ३ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाइ नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियाे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो।

प्रतिक्रिया