कारोबार


नेपाल र अजरबैजानका कम्पनीबीच सहमति

नेपाल र अजरबैजानका कम्पनीबीच सहमति

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १६:१७,

नेपालको एशिया कोअपरेसन कम्पनी र अजरबैजानको सिनामल्लक कम्पनीबीच नेपालमा इगभर्नेन्सको  क्षेत्रमा संभाव्यता अध्ययन गर्ने विषयमा समझदारी भएको छ।

अजरबैजानको बाकुमा दुवै कम्पनीबीच इ भिसा सोलसुन, डेटा सेन्टर, इ सिग्नेचर, फ्लिट म्यानेगमेन्ट सिस्टम, डेटा म्यानेजमेन्ट सिस्टमको कार्यान्वयनको जस्ता विषयहरुमा संभाव्यता अध्‍ययन गर्ने सम्झौता भएको हो। दुवै कम्पनीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको डिजिटल नेपाल क्याम्पेनलाई प्रवर्द्धन गर्ने विषयमा समेत सहमति भएको एशिया कोअपरेसनका अध्यक्ष सुनिल केसीले बताए।

सिनामल्लक सन् १९९४ मा स्थापना भएको कम्पनी हो। यसको कार्यालय जर्जिया, कार्गिजस्तान, संयुक्त अरब इमिरेट्स, रुस र अमेरिकामा रहेको छ। 'सिनमल्लकको सहकार्यबाट इगभर्नेन्सको क्षेत्रमा सहयाेग गर्नेछ र त्यसकै माध्यमबाट इ-गभर्नेन्स र टेलिकम्युनिकेसनको क्षेत्रमा विदेशी लगानी पनि आउने छ' अध्यक्ष केसीले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad