नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्।
कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा बुधबार उनले सभापतिको दावेदारी पेश गरेका हुन्।
२०४९ सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भएका देवराज २०७४ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को उम्मेदवार पनि रहेका थिए।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ बाट दोस्रो लोकप्रिय मत ल्याएर जितेका चालिसे पार्टीको केन्द्रीय प्रशिक्षक पनि हुन्।
२०७४ सालको संसदीय निर्वाचन लड्न त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजीनामा दिएका देवराज वौद्धिक छविका कारण लोकप्रिय छन्।
60
Shares
प्रतिक्रिया