नेकपा एमालेको पर्सीदेखि हुने महाधिवेशनका ९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार सम्पादकसँगको अन्तरक्रियामा सो दाबी गरेका हुन्।
उनका अनुसार २ हजार बढी प्रतिनिधि चयन भइसकेका छन्।
‘२ हजार बढी प्रतिनिधि चयन,९५ प्रतिशत सर्वसम्मत चयन भएका छन्’ भट्टराईले भने।
एमालेको नेतृत्व चयन भने निर्वाचन प्रक्रियाबाटै हुने भएको छ। अहिलेसम्म अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ, रघुजी पन्त, घनश्याम भुसाल, सचिवमा महेश बस्नेतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
एमालेको नेतृत्व चयन प्रक्रिया भने मंसिर ११ गते हुनेछ।
48
Shares

प्रतिक्रिया