राजनीति


ओलीको दाबीः एमाले महाधिवेशनमा नेपालका सवारीसाधनले बोक्न सक्नेजति मानिस आउँछन्, गाडी नपुग्न सक्छ

ओलीको दाबीः एमाले महाधिवेशनमा नेपालका सवारीसाधनले बोक्न सक्नेजति मानिस आउँछन्, गाडी नपुग्न सक्छ

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १४:५२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाधिवेशनमा मानिसहरुको बाक्लो भीड उपस्थित हुने दाबी गरेका छन्। 

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा नेपालका बसहरुको क्षमतासरहकै मानिस उपस्थित हुने बताएका हुन्। 

अध्यक्ष ओलीले भने, ‘नेपालका सवारीसाधनले बोक्न सक्नेजति मानिस आउनेछन्, मानिस बोक्ने गाडीको कमी हुनसक्छ।’

उनले महाधिवेशन उद्घाटन सत्रमा ५ लाख बढी मानिस सहभागी हुने दाबी गरे। 

एमालेको दशौं महाधिवेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ। 

महाधिवेशनको बन्दसत्रमा मुख्य रूपमा नेतृत्व चयनको काम हुने ओलीले जानकारी दिए। 

उनले देश बनाउने नीतिसहितको कार्यक्रम विधान महाधिवेशनमा पारित भएको भन्दै अब ती नीति कार्यान्वयनमा चाहिने नेतृत्व छानिने उल्लेख गरे। 

महाधिवेशनमा विदेशी प्रतिनिधिमण्डलको सहभागिता रहने पनि ओलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad