नेकपा एमालेले दसौँ महाधिवेशनस्थल चितवनमा शक्ति प्रदर्शनसहित कार्यक्रम गर्ने भएको छ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै ठूलो जन प्रदर्शनसहित जाने बताएका हुन्।
१०–१२ सम्म हुने महाधिवेशनबाट स्थापित भएको नयाँ नेतृत्व एउटा शक्तिसहित आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा होमिने उनले दाबी गरे।
‘हाम्रो महाधिवेशनको उद्घाटन सत्रमा बृहत शक्तिसहितको जनप्रदर्शन गर्नेछौं,’ भट्टराईले भने, ‘जनप्रदर्शनको हिसावले त्यो सबैभन्दा ठूलो हुनेछ।’
‘महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व निर्वाचनमा शक्तिसहित जानेछ,’ भट्टराईले थपे।
51
Shares

प्रतिक्रिया