ad ad

राजनीति


कञ्चनपुर ३ : लेखकको प्यानलसँग साउदको प्यानल पराजित

कञ्चनपुर ३ : लेखकको प्यानलसँग साउदको प्यानल पराजित

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ७:३८, काठमाडौँ

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य रमेश लेखकको प्यानल विजयी भएको छ। 

मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानदसँग अर्का नेता एनपी साउदको प्यानल पराजित भएको हो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा लेखक प्यानलका केशव बहादुर चन्द वियजी भएका छन् । उनले ३३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै ल्याउन सके।

सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट ३०१, उमेश प्रशाद जोशी ३०७, सहसचिव अर्जुनदत्त भट्ट ३४६, खडक बहादुर बस्नेत ३१९ मत ल्याएर निर्वाचित भएका छन्। 

एनपी प्यानलका सचिव शुशिला चन्दले २२६, बलाराम पन्तले १९०, सहसचिव विकास श्रेष्ठले १४५, धिरेन्द्र प्रशाद गुरुङ्गले १५९ मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .